दसैं मनाएर काठमाडौं उपत्यका फर्कने यात्रु बढे, सवारीसाधनको संख्या वृद्धि

दसैं मनाएर काठमाडौं उपत्यका फर्कने यात्रु बढे, सवारीसाधनको संख्या वृद्धि

काठमाडौं : नेपालीको महान् चाड दसैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र सवारीसाधनको संख्यामा वृद्धि भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले घटस्थापनादेखि अष्टमीसम्म दशैँ मनाउन घर गएका यात्रु दशैँको टीका लगाएर उपत्यका भित्रन थालेका हुन्।

काठमाडौँ उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ। विगतका वर्षभन्दा यस वर्ष कम यात्रुले काठमाडौंमा छाडेकाले सवारीसाधन बाक्लो रहेका छन्। यद्यपी, लाइटमा रोकिएपनि सदा झैं लामो जाममा बस्नुपर्ने अवस्था नरहेको ट्राफिक प्रहरीको भनाई छ।

दसैंका लागि मात्रै एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए। सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन कम देखिदा बजार पसलहरुमा पनि चहलपहल कम  छ। 

विभिन्न नाकाहरू हुँदै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्यरुपमा सञ्चालन भइरहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ। प्रहरीका अनुसार आजभन्दा भोलि काठमाडौँ फर्कने यात्रुको सङ्ख्यामा वृद्धि हुनेछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.