दशैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

दशैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं : बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आइतबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमा सम्म जारी रहने गरेको छ । मान्यजन टाढा टाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । 

दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र सवारीसाधनको संख्यामा समेत वृद्धि भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.