दशैंमा महंगियो फलफूल, पसलपिच्छे फरक मूल्य
काठमाडौं : दशैंमा टिका थाप्न जाँदा कोसेलीस्वरुप उपभोक्ताहरूले फलफूल खरिद गर्ने भएकाले यतिखेर काठमाडौंमा फलफूलको मुल्य बढेको छ । फलफूलका ठूला व्यापारीहरू दशैं मनाउनतिर लागेका कारण खुलेका पसलहरूमा फलफूलको मुल्य आकासिएको हो ।
दशैंभन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशत बढि मुल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ । व्यापारीहरू पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएको बताउँछन् ।
व्यापारीहरूले पनि मौकाको फाइदा उठाउँदै आफूखुसी मूल्य तोक्ने गर्छन्। पसलपिच्छे फलफूलको मूल्य फरक पर्दा उपभोक्ताहरू मारमा परेका छन्।फलफूलसँगै तरकारीको भाउ पनि आकासिएको छ।