लमजुङमा जीप दुर्घटना : १९ जना घाइते, गम्भीर ४ जनालाई भरतपुर पठाइयो
काठमाडौं: लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आइतबार बिहान ११ :३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ।
बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।