मधेस प्रदेशस्तरीय क्रिकेटमा पर्सा विजयी

मधेस प्रदेशस्तरीय क्रिकेटमा पर्सा विजयी

वीरगन्ज : मधेस प्रदेश स्तरीय यु-१९ क्रिकेट छनौट प्रतियोगिताको पर्सा विजयी भएको छ। बाराको कलैयामा जारी प्रतियोगितामा आइतबार भएको खेलमा पर्साले सिरहालाई ५ विकेटले पराजित गरेको हो।

सिरहाले दिएको १०१ रनको लक्ष्य पर्साले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि शेख इमरानले ३८ , अनुज चौहानले २२ र सफवान अलीले अविजित १८ रन बनाए।

बलिङतर्फ सिरहाका लागि अफरुदिन रैनले ३ तथा नुमाद अहमद र जय दासले समान १र१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले १७.३ ओभरमा अलआउट हुँदै १०० रनमात्र बनायो। उसका लागि शैलेन्द्र साहले ५४ र कमरुदिन सिद्धिकीले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। 

बलिङतर्फ पर्साका लागि रन्जित कुमार एक्लैले ५ विकेट लिए भने चन्दन राम, अरबाज अन्सारी, अनुज चौहान र सोनु कुशवाहाले समान १/१ विकेट लिए।

मधेस प्रदेश क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ८ वटै जिल्लाको टिम सहभागी छन्। असोज १९ देखि सुरु प्रतियोगिता असोज २९ गतेसम्म चल्ने पर्सा क्रिकेट संघका प्रशिक्षक प्रकाश शर्माले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.