दसैंको महाउत्सव : रामगोपालपुरमा कुस्ती प्रतियोगिता
महोत्तरी : महोत्तरीको रामगोपालपुरमा कुस्ती प्रतियोगिता गरिएको छ। पछिल्लो समय समाजबाट विस्थापित भएको कुस्ती प्रतियोगिता दसैंको महोत्सवमा मात्र हुँदै आएको छ।
आइतबार रामगोपालपुरका युवाहरूले प्रतियोगिताको शुभारम्भ गरेका हुन्। कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री सरोजकुमार यादव पनि सहभागी भएका थिए।