फोटोफिचर

अन्नपूर्ण चर्किय पदमार्गमा विदेशी पर्यटकको रोमाञ्‍चक साइकलिङ यात्रा

अन्नपूर्ण चर्किय पदमार्गमा विदेशी पर्यटकको रोमाञ्‍चक साइकलिङ यात्रा
तस्बिर : अन्नपूर्ण

जोमसोम : लमजुङको बेसी सहरदेखि मनाङहुँदै थोरङपास गर्दै मुस्ताङ प्रवेश गर्ने कतिपय विदेशी पर्यटक रोमाञ्चक साइकलिङ यात्रामा रमाउने गरेका छन् । साहसिक यात्रा गर्न रुचि राख्ने विदेशी पर्यटकहरूले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङहुँदै मुस्ताङ प्रवेश गर्ने क्रम बढेको हो ।

अनुकूल मौसमसँगै अन्नपूर्ण चर्किय पदमार्गमा यात्रा गर्ने विदेशी पर्यटकको संख्या सन् २०२४ को सेप्टेम्बरदेखि ह्वात्तै बढेको हो । यस पदमार्गमा विदेशी पर्यटकहरू पैदलयात्रा तथा  साइकलिङ यात्रा गर्न रुचाउँछन् । यसै क्रममा विभिन्न ५ भन्दा बढी देशका विदेशी पर्यटकहरू लमजुङको बेसी सहरहुँदै मनाङबाट साइकलिङ यात्रा गर्दै मुस्ताङको मुक्तिनाथ झरे । समुन्द्री सतहको झन्डै ५ हजार  माथिको  उचाईमा अवस्थित अन्नपूर्ण पदयात्रा गर्ने क्रममा  १५ विदेश र ३ जना नेपाली पथप्रर्दशक साइकलिङ टोली आइतबार जोमसोम आइपुगेको हो । 

साइकलिङ यात्रामा ३ जना अमेरिकन,३ जना अष्ट्रेलियन, ३ जना क्यानेडा, २ जना युके र ४ जना युरोपियन पर्यटक ५ दिनको रोमाञ्चक साइकलिङ यात्रा गर्दै मनाङ हुँदै मुस्ताङ आइपुगेको साइकलिङ पथप्रर्दशक गाइड अजय पन्डित क्षेत्रीले जानकारी दिए । साइकलिङ टोलीमा नेपाली र विदेशी गरी १८ जनाको सहभागिता रहेको पथप्रर्दशक गाइड क्षेत्रीले बताए ।

null

विभिन्न विदेशी मुलुकका १५ विदेशी पर्यटक अक्टोबर ६ तारिखमा लमजुङको बेसी सहरबाट साइकलिङ पदयात्रा सुरू गरेको र एक हप्ता खर्चिएर साइकलिङ टोली मुस्ताङ आइपुगेको पदप्रर्दशक क्षेत्रीको भनाई छ । अन्नपूर्ण पदमार्गमा साइकलिङ गर्दै मुक्तिनाथ झरेको टोली त्यहाँबाट आफूले बोकेका झोलाहरू गाडी रिर्जभ गरी पठाएको र साइकलिङ टोली बेनी जोमसोम रामार्ग सडक हुँदै सोमबार म्याग्दीको तातोपानीमा बास बसेको प्रथप्रर्दशक क्षेत्रीले खुलाई मंगलबार पोखरा पुगेर राउन्ड अन्नपूर्णको साइकलिङ पदयात्रा अन्त्य हुने उनले जनाए । 

मनाङको  साइकलिङ यात्रा विदेशी पर्यटकका लागि रोमाञ्चक र अविष्मणीय भएको पथप्रदर्शक क्षेत्रीले सुनाए । विदेशी पर्यटकले अनुभूति गरेको भनाइ उदृत गर्दै प्रथप्रर्दशक क्षेत्रीले भने,‘आहा कति राम्रो भूगोल,कति राम्रो प्राकृतिक सौन्दर्यता,यहाँ आइपुग्दा त स्वर्गमै पुगेको अनुभूति भयो,कति राम्रो देश ,कति मिजासिला मानिस ।’ नेपाल आउँद राउण्ड अन्नपूर्ण पदयात्रा एक पटक भ्रमण गर्नुनै पर्ने रहेको विदेशी पर्यटकले आफूहरूलाई बताएको नेपाली गाइड क्षेत्रीले सुनाए ।

राउण्ड अन्नपूर्ण पदयात्रा क्रममा खोलानाला, अप्ठ्यारो , जोखिमयुक्त पदमार्ग र उच्च स्थानको भूगोलले विदेशी पर्यटक साइकलिङ यात्रामा पृथक अनुभुति गरेको उनले बताए । कूल ७ दिनको अविष्मणीय साइकलिङ यात्रा गर्दै मुस्ताङ भित्रिएका ५ मुलुकका १५ विदेशी पर्यटकले समुन्द्री सतहदेखि ५ हजार ४१६ मिटर अग्लो मनाङ र मुस्ताङको सिमाना थोरङला पास गर्दै मुस्ताङ प्रवेश गरेका हुन् । 

थोरङलापास क्षेत्रमा भिरोलो सतह र सेताम्मे हिउँका कारण करिब ४ घण्टासम्मको पदयात्रामा विदेशी पर्यटक आफैले लकेजसँगै साइकल बोकेर यात्रा गर्नुपरेको उनले सुनाए ।साइकलिङ पदयात्रा क्रममा थोरङपासमा उनीहरूले सामूहिक तस्बिर समेत खिचेका छन् ।

पछिल्लो समय सडक सञ्जाल विस्तार हुँदै गर्दा विदेशी पर्यटकको अन्नपूर्ण पदयात्रा समेत छोडिदै जान थालेको छ । मुस्ताङमा त झनै एक दशक अघिका पर्यटकीय पदमार्ग अधिकांश मासिदै जान थालेका छन् । नेपाल भ्रमण गर्ने पर्यटकका लागि राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग उपयुक्त र एकमात्र विकल्प रहेको छ । अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने सार्क राष्ट्रका पर्यटकलाई  नेपाली एक हजार र  अन्य मुलुकका विदेशी पर्यटकले ३ हजार रुपैयाँ प्रतिव्यक्ति राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई पर्यटन शुल्क बुझाउनुपर्ने हुन्छ ।

null

सन् २०२४ को अक्टोबर १३ तारिखसम्म सार्क तथा अन्य मुलुकका गरी कूल ८ हजार ९०५ जनाले अन्नपूर्ण चर्किय पदमार्ग हुँदै मनाङबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार मनाङबाट मुस्ताङ प्रवेश गर्नेहरूमा ८ हजार ६६५ जना फरेनर विदेशी छन् भने  २३८ जना सार्क राष्ट्रका विदेशी पर्यटक रहेका छन् । सन् २०२४ मा अन्नपूर्ण पदयात्रा गर्दै सबैभन्दा बढी विदेशी पर्यटकको फलो अक्टोबरमा हुने प्रक्षेपण गरिएको छ । अक्टोबर सकिन अझै आधा महिना बाँकी रहँदा यस याममा १ हजार २६१ जनाले पदयात्रा गरिसकेको एक्याप जोमसोमको तथ्यांकमा उल्लेख छ । चेक पोस्टको तथ्यांक अनुसार यसअघि सेप्टेम्बरमा ९७४ जनाले राउण्ड अन्नपूर्ण पदयात्रा पुरा गरेका थिए । जनवरीदेखि सेप्टेम्बरसम्मको अभिलेख हेर्दा सबै भन्दा बढी अप्रिलमा २ हजार ७२६ जना र सबै भन्दा कम  जुलाईमा १२२ जनाले मात्रै अन्नपूर्ण पदयात्रा गरेका छन् ।

सन् २०२४ मा अन्नपूर्ण चर्किय पदमार्गमा यात्रा गर्ने पर्यटकको तथ्यांक हेर्दा ९७ दशमलव २५ प्रतिशत विदेशी फरेनर पर्यटक छन् भने  २ दशमलव ७५ प्रतिशत सार्क राष्ट्रका विदेशी पर्यटक रहेको बताइएको छ ।

nullnull

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.