‘नक्कली घुमुवा प्रहरी’ लागुऔषधसहित पक्राउ

‘नक्कली घुमुवा प्रहरी’ लागुऔषधसहित पक्राउ

रौतहट : घुमुवा प्रहरी हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका  घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनको साथबाट २२ पोका गाँजा, नाइट्रोभेट ट्याब्लेट १० चक्की, कोकस डिएक्स–एक  बोतल, मोबाइल एक थान, नगद रु १७ हजार ९०० र  प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।   

प्रहरीका अनुसार स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने जानकारी पाएपछि परोहा नगरपालिका– २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरिएको हो। उनलाई इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.