भोलि सरकारी कार्यालय खुल्ने भएपछि काठमाडौंमा चहलपहल बढ्यो

भोलि सरकारी कार्यालय खुल्ने भएपछि काठमाडौंमा चहलपहल बढ्यो
तस्बिर : अन्नपूर्ण

काठमाडौं : आश्विन शुक्लपक्ष द्वादशीका दिन सोमबार दशैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेको छ । दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो ।

उपत्यकाका जडिबुटी, बल्खु, कलंकी लगायतका नाकामा उपत्यकाभित्रने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको हो । यस वर्षको दशैंमा करिब १३ लाख सर्वसाधारणले उपत्यका छाडेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.