घर बगेपछि टहरोमै मनाए दशैं
नुवाकोट : यही असोज १२ गते घरमाथिबाट खसेको पहिरोमा घर गुमाएका नुवाकोटको दक्षिणी भेगका भुवनेश्वर खतिवडाको परिवारले बारीमा अस्थायी टहरो बनाएर बसेका छन् ।
अविरल वर्षासँगैको पहिरोमा परि पूर्णरुपमा घर क्षति भएका बेलकोटगढी नगरपालिका ७ केउरेपानीका भुवनेश्वर खतिवडाको ७ जनाको परिवार अहिले बारीमा अस्थायी टहरो बनाइ बसिरहेका छन् । उनीहरूले यस वर्षको वडादशैं अस्थायी टहरोमै मनाइरहेका छन् ।