होटेलभित्र तास खेल्ने १२ जना पक्राउ, ५ लाख बरामद
झापा : प्रहरीले छापा मारेर झापाका एक होटेलबाट नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ। तास खेल्दै गरेको जानकारी पाएपछि प्रहरी टोलीले गएराति साढे ८ बजेतिर शिवसताक्षी नगरपालिका–९ दुधेस्थित सगरमाथा होटेलमा छापा मारेको हो।
घरको तेस्रो तलामा प्रहरीले छापा मारेर तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।