उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु

उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु

इजरायल : उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु भएको छ। इजरायलको हवाई आक्रमणबाट उत्तरी लेबनानमा २१ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले  पुष्टि गरेको छ। मन्त्रालयका अनुसार उक्त घटनामा अन्य केही मानिस घाइते भएका छन्।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको हो । यस क्षेत्रमा अधिकांश क्रिस्चियनहरूको बसोबास छ।

बीबीसीका अनुसार इजरायलले  हिजबुल्लाहलक्षित आक्रमण गर्ने क्षेत्रबाट अयोटा टाढा छ। स्थानीयका अनुसार यस ग्रामीण इलाकामा द्वन्द्वका कारण विस्थापित एक परिवार बस्थ्यो। इजरायली सेनाले भने यस आक्रमणबारे अहिलेसम्म केही बताएको छैन।

तर, यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेरुतसहित हिजबुल्लाहका क्याम्प भएका सबै क्षेत्रमा हमला गरिने बताएका थिए। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा हालसम्म १७ सय जनाको मृत्यु भइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.