प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढ्यो
काठमाडौं : दशैंपछिको पहिलो कारोबार दिन मंगलबार प्री ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेप्से परिसूचक ०.०९ अंकले घटेर २६६८.०८ विन्दुमा झरेको छ।
यसदिन प्री ओपन सेसनमा २३ स्टक्सको १ हजार ३१२ कित्ता सेयर ६ लाख ५८ हजार २०८ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये ७ स्टक्सको मूल्य बढेको छ भने १५ स्टक्सको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य यो समयमा स्थिर रह्यो।