लेबनानमा शान्ति सैनिकमाथि इजरायलले गरेको आक्रमणको नेपालसहित ३४ राष्ट्रले गर्‍यो भर्त्सना

लेबनानमा शान्ति सैनिकमाथि इजरायलले गरेको आक्रमणको नेपालसहित ३४ राष्ट्रले गर्‍यो भर्त्सना

काठमाडौं : लेबनानमा शान्ति सेनामाथि इजरायलले गरेको आक्रमणको नेपालसहित ३४ राष्ट्रले भर्त्सना गरेका छन्।  संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान गर्दै आएका नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायली सेनाबाट शान्ति सैनिकामाथि भएको आक्रमणको निन्दा गरेका छन्।

उनीहरूले  सैनिकहरूको शान्ति सुरक्षाको सुनिश्चितता गर्न माग समेत अनुरोध गरेका छन्। उनीहरूले यस्ता कार्य तत्काल रोकिनुपर्ने र उचित छानबिन हुनुपर्ने माग गरेका छन्।

नेपालसँगै अर्मेनिया,अष्ट्रिया,बंगलादेश,ब्राजिल,कम्बोडिया,चीन,साइप्रस,एलसाल्भाडोर,इस्टोनिया,फिजी,फिनल्याण्ड फ्रान्स,घाना ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया आयरल्याण्ड,इटली कजकिस्तान,कोरिया , लात्भिया, मलेसिया, माल्टा,मंगोलिया, नेदरल्याण्ड पोल्याण्ड, कतार, सियरालियोन, स्पेन,  श्रीलंका टर्की, युक र तान्जानिया छन्।

आइतबार लेबनानमा रहेको युनआईएफआइएफलको बेसमा इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको थियो। सो आक्रमणमा परी कम्तिमा १५ जना सामान्य घाइते भएको जनाइएको छ। 

आजै मात्रै उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु भएको छ। इजरायलको हवाई आक्रमणबाट उत्तरी लेबनानमा २१ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले  पुष्टि गरेको छ। मन्त्रालयका अनुसार उक्त घटनामा अन्य केही मानिस घाइते भएका छन्।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको हो । 

तर, यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेरुतसहित हिजबुल्लाहका क्याम्प भएका सबै क्षेत्रमा हमला गरिने बताएका थिए। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा हालसम्म १७ सय जनाको मृत्यु भइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.