मुस्ताङको दुर्गम गाउँ साङ्ता सञ्चारले जोडिँदै

मुस्ताङको दुर्गम गाउँ साङ्ता सञ्चारले जोडिँदै

जोमसोम : मुस्ताङ र डोल्पाको सिमानावर्ती गाउँ साङ्तामा सञ्चारको पहुँच स्थापित हुने पक्का भएको छ। नेपाल दूरसञ्चार प्राविधिकरण अन्तर्गत नेपाल टेलिकमको समन्वयमा मुस्ताङको अति दुर्गम बस्ती साङ्ता गाउँमा सञ्चारको पहुँच स्थापित गर्ने तयारी गरिएको ह।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको पहलमा नेपाल टेलिकमले साङ्ता गाउँमा सञ्चारको पहुँच पुर्‍याउन हालै प्रारम्भिक सर्वे सम्पन्न गरेको जनाएको छ। यसका लागि  नेपाल टेलिकमले वारागुङ—५ को घिउँला डाँडामा रहेको माइक्रो वेभ रेडियो लिंकको रिपिटर टावरबाट साङ्ता गाउँमा  टेलिफोन तथा थ्रिजी इन्टरनेट चलाउनका लागि बेस्ट ट्रान्समिसन स्टेशन (बिटीएस) सँगको सेटलाई  रेडियो लिंक छनौट गर्न थप एक रिपिटर टावर स्थापना गर्ने जनाइएको छ। 

नेपाल टेलिकम जोमसोमका प्राविधिक उदयबहादुर पुर्जाले साङ्ता गाउँमा टेलिफोन सेवा पुर्‍याउन सर्वे अध्ययन पूरा भएको बताए। उनले साङ्तामा बिटिएस टावर मार्फत सञ्चारको पहुँच जोड्न साङ्ता गाउँ र घिउला डाँडाको बीचमा  माइक्रो वेभ रेडियो लिंकको रिपिटर टावर राख्ने निर्णय भएको जनाए।

साङ्ता गाउँमा बिटिएस टावरको लिंक जोड्नका लागि बीचको स्थानमा सञ्चार इकुमेन्ट राख्ने रिपिटर गृह आवश्यक पर्नेछ। यस्तै साङ्ता गाउँमा बिटिएस टावरको लागि बिटिएस इकुमेन्ट व्यवस्थापन गर्न बिटिएस गृहको भौतिक सञ्चार आवश्यक पर्दछ। यसै प्रयोजनका लागि वारागुङ—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको पहलमा स्थानीय नागरिकहरूले साङ्ता र घिउँला डाँडाबीचको स्थानमा रेडियो लिंकको रिपिटर टावर गृह निर्माणमा जुटेका छन्। 

रिपिटर टावर गृह निर्माणको काम स्थानीय जनश्रमदानबाट अन्तिम चरणमा पुगेको वडाध्यक्ष गुरुङले जानकारी दिए। रिपिटर टावर गृह अन्तिम चरणमा पुगेको र त्यसपछि तत्कालै साङ्ता गाउँमा पनि बिटिएस टावर गृह निर्माणको प्रक्रिया सुरु गरिने बताए। मुस्ताङको ९६ वटा गाउँबस्तीमध्ये मुस्ताङको साङ्ता गाउँमा सञ्चारको पहुँच स्थापित हुन सकेको थिएन। गाउँमा टेलिफोन र इन्टरनेट सुविधा जोडिने भएपछि त्यहाँका स्थानीय नागरिक निकै उत्साहित भएका वडाध्यक्ष गुरुङले उल्लेख गरे। ‘साङ्तामा सञ्चार सुविधा स्थापित हुने भएकाले स्थानीय नागरिक खुसी भएका छन्',उनले भने,‘त्यसका लागि स्थानीय नागरिकहरू स्वतस्फूर्त श्रमदान गर्न तयारी भएर लागिपरेका छन्।’

भौगोलिक रूपले अत्यन्तै विकट स्थानमा रहेको साङ्ता गाउँ मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछ। नेपालकै पछि पत्ता लागेको कान्छो गाउँ भनिएको साङ्ता गाउँमा नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्रै सञ्चारको पहुँच स्थापित गर्ने गरी पहल अघि बढाएको छ। साङ्ता गाउँ र उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङ आउजाउ गर्दा आवश्यक पर्ने सञ्चारको सुविधा नहुँदा त्यस क्षेत्रका स्थानीय नागरिक इन्टरनेट र टेलिफोन सुविधाबाट वञ्चित थिए। नेपाल टेलिकमले रिडियो लिंक मार्फत साङ्तामा बिटीएस प्रविधि मार्फत सञ्चार सुविधाको पहुँच जोड्न पहल गरेकाले त्यहाँका स्थानीय नागरिकले न्यूनतम रूपमा प्राप्त गर्ने सञ्चार सुविधाको उपयोग गर्न पाउने पक्का भएको हो।

भौगोलिक रुपमा विटक साङ्ता गाउँमा ३ महिनाअघि मात्रै १० किलोवार्ड क्षमताको सौर्यउर्जा विद्युतीकरण सम्पन्न भएको वडध्यक्ष सुरेन्द्र गुरुङले बताए। गाउँपालिकाको समन्वयमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले मुस्ताङको साङ्ता गाउँमा सोलार जडान गरेर त्यहाँका १३ घुरधुरीलाई लक्षित गरी विद्युतीकरण कार्य सम्पन्न गरेको उनले बताए। सौर्य उर्जा जडानका लागि आवश्यक इकुमेन्ट व्यवस्थापन गर्न गाउँपालिकाले सौर्य उर्जा विद्युत गृह निर्माण गरेको वडाध्यक्ष गुरुङको भनाइ छ।
 
गत वर्षसम्म मुस्ताङको साङ्ता गाउँमा विद्युत र सञ्चारको पहुँच नहुँदा त्यहाँका नागरिकहरू अन्धकारमा बस्नु पर्ने अवस्था रहेको थियो। यस्तै सञ्चार सुविधा नहुँदा टेलिफोन सम्पर्क गर्न, इमेल इन्टरनेट चलाउन , टिभी हेर्न र देशमा भइरहेका ताजा घटनाको सुविधा थाहा पाउन वञ्चित थिए। सांङतामा सौर्य उर्जा जडानपछि त्यहाँका नागरिकहरूले उज्यालो बस्न पाउने अधिकार प्राप्त गरेका हुन्। वडाध्यक्ष सुरेन्द्र गुरुङले आफू वडाध्यक्षमा निर्वाचित भएपछि विकटको साङ्ता गाउँमा विद्युत र सञ्चारको पहुँच स्थापित गर्न अहोरात्र जुटिरहेको सुनाए।
 
मुस्ताङ जिल्लाकै सबैभन्दा बढी पिछडिएको विपन्न साङ्ता गाउँमा १३ घरधुरी मात्रै छ। जहाँ एक सयभन्दा बढी नागरिक छैनन्। भौगोलिक विकटता र कम जनसंख्या भएकै कारण त्यहाँ नागरिकहरूलाई आवश्यक पर्ने विद्युत र सञ्चारको सुविधा पुर्‍याउन कठिनाइ परेको थियो। मुस्ताङबाट उपल्लो डोल्पाको पदमार्गसमेत रहेको साङ्ता गाउँमा संघीय सरकारले पछिल्लो ५ वर्षदेखि डोल्पा जोड्ने कच्ची सडक विस्तार गरिरहेको छ। नेपाली भाषा शुद्ध समेत बोल्न नजान्ने त्यहाँका नागरिकहरूलाई आधारभूत सेवा अन्तर्गत विद्युत सञ्चार नहुँदा निकै कठिन परिस्थिति झेल्दै आइरहेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.