सहकारीले खोल्यो दूध संकलन केन्द्र , दैनिक १४० लिटर जम्मा हुँदै

सहकारीले खोल्यो दूध संकलन केन्द्र , दैनिक १४० लिटर जम्मा हुँदै
सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना गरेको दूध संकलन केन्द्र उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुन र वडा अध्यक्ष रामबहादुर खड्का । तस्बिर : सन्तोष गौतम

बेनी  : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना भएको छ । गाउँका कृषकले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले संकलन केन्द्र स्थापना गरेको हो । 

करिव सात लाख रुपैयाँको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी संकलन केन्द्र सञ्चालन गरेको सहकारीका कोषाध्यक्ष युवराज बरुवालले जानकारी दिए । हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका कृषकले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन । 

गाउँका कृषकबाट दूध संकलन गरेर पोखरेबगर, भुरुङ्ग–तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएको बरुवालले बताए । ३५ जना कृषकहरूले दैनिक एक सय ४० लिटरका दरले संकलन केन्द्रमा दूध ल्याउने गरेका छन् । 

थोरै दूध उत्पादन गर्ने कृषकले पनि बेचेर आम्दानी गर्ने तथा व्यवसायिक गाईभैसीपालन गरेका कृषकको समयको बचत र बजारको सुनिश्चित भएको छ । बजारमा बिक्री नभएको दूध प्रसोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष बिमल बरुवालले बताए । 

‘बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकोमा अब दूध संकलन र बिक्री वितरण गर्न थालेको हो,’ उनले भने ‘वि.स. २०६६ मा स्थापना भएको सहकारीलाई पछिल्लो छ वर्षयता नियमित सञ्चालन गरेका छौ ।’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफुल, आलु दूवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.