वीरगन्ज नाकाको मितेरी पुल छेउमा गोली चल्यो

वीरगन्ज नाकाको मितेरी पुल छेउमा गोली चल्यो
तस्बिर : अन्नपूर्ण

वीरगन्ज : विरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो गोली चलेको छ । भारत तर्फबाट चारजना व्याक्तिलाई खेद्दै आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भू-भागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताइन् ।

कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट खेद्दै आएका एसएसबीका एक जवानले गोली चलाएको ती महिलाले बताइन् । एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलाले जानकारी दिइन् । एसएसबीले गोली चलाएपछि भने कबाडीहरू भने नेपालतर्फ भागेको उनले बताइन् । एसएसबीले गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।    

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले भने घटनास्थलमा एउटा गोलीको खोका भेटिएको बताए ।नेपाल–भारत सीमास्थित मितेरी पुलको छेउमा रहेको नेपाली भू-भागमा इन्सास राइफलमा लाग्ने एउटा गोलीको खोका भेटिएको उनले बताए ।

 प्रहरी नायब उपरीक्षक भारतीले भने,‘गोलीको खोका भेटिएको छ । तर गोली नै चलेको भन्ने पुष्टि भइसकेको छैन । घटटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गगरिरहेको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.