साफ महिला च्याम्पियनसिपको तयारी पूरा, कस्तो छ नेपालको तयारी?

साफ महिला च्याम्पियनसिपको तयारी पूरा, कस्तो छ नेपालको तयारी?
बन्द प्रशिक्षणमा तयारी गर्दै नेपाली टोली। तस्बिर : एन्फा

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप कात्तिक १ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ। च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन्।

सहभागी टोलीहरूमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश नेपाल आइसकेको छ भने भारत र भुटानको टीम बुधबारसम्म नेपाल आउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाकी भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताए।

प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्यारापिटतर्फ तीन सय र भीआइपीतर्फ पाँचसय तोकिएको छ भने नकआउट चरणका खेलहरुको टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार कायम गरिएको प्रवक्ता शाहले जानकारी दिए।

च्याम्पियनसिपका लागि दशरथ रंगशालालाई पूर्णरूपमा तयार पारिएको एन्फाले जनाएको छ। च्याम्पियनसिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन्। साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन्। 

प्रतियोगिताको उद्‍घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ। त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.