पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो। 

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६।५०, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा  एक सय ५९ रुपैयाँ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा एक सय ४८।५०, दोस्रो वर्गमा क सय ५० र तेस्रो वर्गमा एक सय ५१ रुपैयाँ कामय भएको छ। 

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.