उत्तरी लेबनानमाथि इजरायलले गरेको आक्रमणबारे अनुसन्धान हुनुपर्छ : संयुक्त राष्ट्रसंघ

उत्तरी लेबनानमाथि इजरायलले गरेको आक्रमणबारे अनुसन्धान हुनुपर्छ : संयुक्त राष्ट्रसंघ

इजरायल : संयुक्त राष्ट्रसंघले उत्तर लेबनानमा इजरायली आक्रमणबारे छानबिन गर्न माग गरेको छ। उत्तर लेबनानमा इजरायली आक्रमणबाट कम्तिमा २३ जनाको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघका मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयका प्रवक्ता जेरेमी लरेन्सका अनुसार इसाइ बहुल गाउँ एटोमा इजरायली हमलाले मानवीय कानुनमाथि गम्भीर चिन्ता उत्पन्न गरेको छ।

उनका अनुसार इजरायली आक्रमणबाट मारिनेहरूमा १२ महिला र दुई बालबालिका पनि रहेका छन्। इजरायलको हवाई आक्रमणबाट ऐतो गाउँमा मारिएकाहरूको मंगलबार उद्दारकर्मीहरूले भग्नावशेषबाट शव निकालेका थिए।

तर ,इजरायली सेना (आईडीएफ)ले भने यो आक्रमणबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार बेरुतको एक भवनमा इजरायली बमबारीबाट २२ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.