प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो
काठमाडौं : बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो सेसनमा नेप्से परिसूचक ५.१२ अंकले बढेर २७०४.७९ विन्दुमा पुगेको छ।
यो समयमा ४१ वटा स्क्रिप्सको ४ हजार ३९१ कित्ता सेयर २३ लाख ४१ हजार ८९४ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३१ अंकले बढ्दा ३ अर्ब माथिको सेयर कारोबार भएको थियो।