बाढीपहिरो प्रभावित ११४ परिवारले पाए राहत

बाढीपहिरो प्रभावित ११४ परिवारले पाए राहत
तस्बिर : अन्नपूर्ण

उदयपुर : चाडपर्वको मुखमा बाढी र पहिरोबाट घरबारविहीन भएका उदयपुरको तीनवटा नगरपालिका ११४ परिवारलाई पहिलो चरणको राहत उपलब्ध गराइएको छ ।  असोज ९ देखि १२ गतेसम्मको भीषण वर्षाका कारण प्रभावित भएका त्रियुगा,चौदण्डीगढी र बेलका नगरपालिकाका पीडित परिवारलाई स्थानीय सरकारको सहजिकरणमा राहत सामग्री वितरण गरिएको हो । 

ह्याबिट्याट फर हयुम्यानिटी नेपालको सहयोगमा साझेदार संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरले तीनवटै नगरपालिकाका मेयरको उपस्थितिमा राहात वितरण गरिएको हो । 

संस्थाले बेलकामा ८१, चौदण्डिगढीमा १२ र त्रियुगामा २१ परिवारलाई प्रारम्भिक चरणको ओछ्याउने म्याट, ब्ल्याङकेट, त्रिपाल, डोरी, आकस्मिक सेल्टर किट सेट लगायतका सामग्रीहरू उपलब्ध गराइएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए । 

थापाकाअनुसार बेलकाको वडानं १,२,३,६,८, त्रियुगाको वडानं १५ का १५ परिवार, वडानं १४ का ६ र चौदण्डिगढी वडानं १ वंशिलाघाटका १२ परिवारलाई सम्बन्धित पालिकाका र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा खाद्यान्न वाहेकका राहत सामग्री उपलब्ध गराइएको हो । 

बेलकामा एक हजार ११७ घर परिवार सप्तकोसीको बाढीबाट डुबानमा परी प्रभावित भएको मेयर अशोक कार्कीले बताए । उनीहरुलाई सहयोगका लागि विभिन्न सामाजिक संस्थाहरू आह्वान गरेअनुसार हुरेण्डेकबाट सहयोग उपलब्ध भएको उनले बताए ।

ह्याबिट्याट फर हयुम्यानिटी नेपालका कार्यक्रम प्रबन्धक विजयप्रसाद गुप्ताले संस्थाले नेपालमा विगत २७ वर्षदेखि निरन्तर विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए । उदयपुरमा सुरक्षित आवास परियोजना सञ्चालन गर्दै आएको हयाबिट्याट नेपालले विपत्तमा परेका परिवारलाई प्रारम्भिकचरणको सहयोगदेखि लिएर अवस्था हेरी ५० हजारसम्मको बाँसको घर निर्माणमा सहयोग गर्दै आएको उनले बताए । 

राहत सामग्री सम्बन्धित पालिकाका मेयरको उपस्थितिमा हुरेण्डेकका अध्यक्ष थापा, प्रमुख सल्लाहकार तथा पूर्वमेयर दुर्गाकुमार थापा र सहयोगी संस्थाका प्रबन्धक गुप्ताले प्रभावित क्षेत्रमा नै पुगेर परिवारलाई वितरण गरेका हुन् । असोज १२ गतेको मुसलधारे पानीसँगै सुनकोशी नदीमा आएको बाढीले त्रियुगाको धाप्लाङ्गमा, चौदण्डिगढीको वंशिलाघाट र सप्तकोशी नदीले बेलकाको कोशी टप्पु क्षेत्रमा क्षति पुर्‍याएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.