लागुऔषधसहित चारजना पक्राउ

लागुऔषधसहित चारजना पक्राउ
सांकेतिक तस्बिर।

कैलाली:धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय छोटे रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, रामधुनी नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय संजय कुमार चौधरी, ३० वर्षीय शैलेष राई र २५ वर्षीय नारायण खड्का रहेका छन् । 

इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.