आफैले घाइते बनाएका व्यक्तिलाई अस्पताल पुर्‍याइ भागेका चालक प्रहरी नियन्त्रणमा

आफैले घाइते बनाएका व्यक्तिलाई अस्पताल पुर्‍याइ भागेका चालक प्रहरी नियन्त्रणमा
फाइल तस्बिर।

काठमाडौं : सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको हो । उनको साथबाट बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

यही असोज २६ गते साँझ काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना हुँदा सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय राम घाइते भएका थिए। घाइते रामलाई काठमाडौं मेडिकल कलेज पुर्‍याई उनी फरार भएका थिए। रामको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.