पर्सामा मोटरसाइकल चोर्ने गिरोहलाई प्रहरीले समात्यो, चोरीका ५ वटा मोटरसाइकल बरामद

पर्सामा मोटरसाइकल चोर्ने गिरोहलाई प्रहरीले समात्यो, चोरीका ५ वटा मोटरसाइकल बरामद

वीरगन्ज : पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ। चोरीको ५ वटा मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ९ का २१ वर्षीय सिद्धार्थ चौधरी, वडा नम्बर ८ का २४ वर्षीय विशाल दास थारु र वडा नम्बर २ का ३० वर्षीय प्रितम महत्तो रहेका छन्।

प्रहरीका अनुसार असोज २५ गते पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ सतवलका शीवदत्त दास थारुको ना ५१ प ७४३५ नम्बरको मोटरसाइकल उनको आफ्नै घरबाट चोरी भएको थियो। त्यसपछि उनले चोरी भएको मोटरसाइकल खोजतलासका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगा‌लीमा निवेदन दिएका थिए।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले चोरी भएको दासको मोटरसाइकल असोज २८ गते पर्सागढी नगरपालिका वडा नम्बर ९ कोइलाभारमा सिद्धार्थ चौधरीले हाँक्दै गरेको अवस्थामा फेलापारेपछि मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका चौधरीसँग सोधपुछ गर्ने क्रममा मोटरसाइकल चोरीमा अरु व्याक्ति पनि संलग्न रहेको बयान उनले दिएका थिए। चौधरीकै बयानका आधारमा प्रहरीले विशाल र प्रितमलाई पनि नियन्त्रणमा लिने क्रममा उनीहरूले चोरी गरेर राखेका अरु चार वटा मोटरसाइकल पनि बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर उनीहरुविरुद्ध चोरी तथा डाँका सम्बन्धी  कसुरमा थप अनुसन्धान भइरहेको भारतीले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.