प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा दुई देशबीचको पारस्परिक सम्बन्ध,दुई पक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।