डडेल्धुरा बस दुर्घटना

छोरा जन्मिएको खुसी बाँड्न नपाउँदै सन्तानसँग अस्ताए बोहरा दम्पती

छोरा जन्मिएको खुसी बाँड्न नपाउँदै सन्तानसँग अस्ताए बोहरा दम्पती
तस्बिर : अन्नपूर्ण

कमला २४ असोजमा सुरक्षित डेलिभरीका लागि कैलालीको धनगढी गएकी थिइन् । साथमा उनका श्रीमान् र गर्भवती छोरीको स्याहार गर्न आमा जैमती पनि धनगढी गएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्म दिएपछि बोहरा परिवारमा खुसीयाली छाएको थियो । तर, उनीहरूको खुसी ४८ घण्टा पनि टिक्न पाएन ।

डडेल्धुरा : मंगलबार राति १२ बजेतिर डडेल्धुरामा बस दुर्घटना भयो । महेन्द्रनगरबाट बैतडीको हाटपचौडीका लागि छुटेको बस अमरगढी नगरपालिका- ७ खसरेखान नजिक दुर्घटना हुँदा एकै परिवारका चारजनासहित पाँचको मृत्यु भएको छ । शिशुसहित उनका आमा- बुबा र बज्यैको घटनास्थलमा ज्यान गयो । 

बैतडीको पुर्चौंडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा दुई दिनको शिशुसहित श्रीमान र आमासँगै खुसी भएर पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बसमा गाउँ फर्किदै थिइन् । डडेल्धुराको भात्काडा आसपासको बजारमा खाना खाएर उक्त बस गन्तव्यका लागि हिँडेको थियो । २० वर्षीया कमला र उनका २२ वर्षीय श्रीमान सहदेव बोहरा पनि खुसीयालीसहित नवजात शिशु लिएर गाउँ फर्किदै थिए । उनीहरूसँगै ४५ वर्षीय आमा जैमती बोहरा पनि सँगैको सिटमा हर्षित मुद्रामा रहेको उक्त बसदुर्घटनामा परी घाइते भएकी विमला महताले बताइन् ।  

कमला २४ असोजमा सुरक्षित डेलिभरीका लागि कैलालीको धनगढी गएकी थिइन् । साथमा उनका श्रीमान् र गर्भवती छोरीको स्याहार गर्न आमा जैमती पनि धनगढी गएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्म दिएपछि बोहरा परिवारमा खुसीयाली छाएको थियो । तर, उनीहरूको खुसी ४८ घण्टा पनि टिक्न पाएन ।

छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्‍यो। छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारैजनाको एकै चिहान भयो। अर्की मृतक पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव बुधबार बिहान दुर्घटनाग्रस्त स्थलबाट सुरक्षाकर्मीले बसभित्र च्यापिएर रहेको अवस्थामा निकालेको थियो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । बसमा १७ जना सवार थिए। 

चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ । बसमा १७ जना सवार थिए । दुईजना बेपत्ता भएको बताइएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरबाट पहाड ओहोरदोहोर गर्ने रात्रि बस बढी दुर्घटना हुने गरेका छन् । प्रदेश प्रहरी कार्यालयअन्तर्गत अत्तरिया ट्राफिक प्रहरीले पहाडी जिल्ला जाने रात्रि बसलाई टाइम कार्ड दिने गरेको भए पनि बस चालक एकजना मात्रै हुने गरेका कारण पनि दुर्घटनाको जोखिम बढेको अनुमान गरिएको छ । अत्तरिया, बुडर, स्याउले, खोड्पे, पाटन, सतबाँझ र बैतडी सदरमुकामको खहरेपिपल गरी सात ठाउँमा प्रहरी चेक पोष्ट भए पनि दुर्घटना भने न्यूनीकरण हुन सकेको छैन । 

साँघुरो सडक , अफ्ठयारा घुम्ती र खाल्डाखुल्डी परेको सडक  दुर्घटनाको कारक हुनसक्ने जानकार बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.