सरकार परिवर्तनको हल्लापछि प्रधानमन्त्रीले भने- यो दुई तिहाइको सरकार हो, खरानीको डल्लो होइन

सरकार परिवर्तनको हल्लापछि प्रधानमन्त्रीले भने- यो दुई तिहाइको सरकार हो, खरानीको डल्लो होइन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन्। ६९औं प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दसैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताए।

ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिलेको बनेको दुई तिहाइको सरकार खरानीको डल्लो नभएको उनले बताए। प्रधानमन्त्री ओलीले देशलाई परिवर्तन गर्नका लागि ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे।

आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले आगामी आम निर्वाचन कांग्रेस सभापति देउवाको नेतृत्वमा हुनेसमेत बताए। 

उनले अहिलको संविधान र अहिलको प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गरे। उनले प्रहरीसम्बन्धी कानुन छिट्टै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने धारणा राखे।

त्यस्तै गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी नयाँ कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याइने बताए। उनले सुरक्षा संगठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.