स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ
फाइल तस्बिर

महोत्तरी : प्रहरीले स्रोत नखुलेको ८ लाख बढी रकमसहित महोत्तरीको मनरा सिस्वा नगरपालिका-२ भोल्ही चौकबाट एक जनालाई नियन्त्रणमा लिएको छ। 

बुधबार विहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँचको क्रममा सम्सी गाँउपालिका-७ का २८ वर्षीय रामस्नेही साहलाई स्रोत खुल्न नसकेको नेपाली नोटसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वीआर३०एएफ ३८७६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेको समयमा प्रहरीले चेकजाँचको क्रममा १ हजार दरका ८ सय १ थान र ५ सय दरका ९ वटा गरी ८ लाख ५ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरेको हो।

बरामद गरिएको नोट, मोटरसाइकल र साहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.