अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं : धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय छोटे रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
त्यस्तै सुनसरीको रामधुनी नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय संजय कुमार चौधरी, ३० वर्षीय शैलेष राई र २५ वर्षीय नारायण खड्का रहेका छन्।
इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ।