पोखराले भित्र्यायो आन्द्रेस गौसलाई, एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी

पोखराले भित्र्यायो आन्द्रेस गौसलाई, एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी
फाइल तस्बिर ।

काठमाडौं : पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ। उनी एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बने। 

एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ। त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी अनुबन्ध गरेको पोखरा एभन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए। दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए। 

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन्। अमेरिकाबाट तीन एकदिवसीय खेल्दा १५२ रन बनाएका छन्। सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए। 

पोखरा एभन्जर्सका  प्रबन्ध निर्देशक मनोबल श्रेष्ठले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन्। पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताए। 

यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन्। 

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.