कासिद एसियन तेक्वान्दोमा नौ नेपाली

कासिद एसियन तेक्वान्दोमा नौ नेपाली

काठमाडौं : इन्डोनेसियाको राजधानी जार्कातामा आयोजना हुने छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका नौ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। यही अक्टोबर १९ सम्म सञ्चालन हुने च्याम्पियनसिपमा सहभागी हुन नौ खेलाडीसहित १० सदस्यीय नेपाली टोली इन्डोनेसिया पुगिसकेको छ।

च्याम्पियनसिपमा अभिषेक बराल, अभिषेक डल्लाकोटी, अनिस घिसिङ, भीमबहादुर खड्का, कुमार तामाङ, सुजबकुमार यादव, याबद्दिन दाहाल र वर्षा थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। नेपाली टोलीको प्रशिक्षकमा विकेश बिडारी छन्। विकेश विश्व तेक्वान्दोको लेभल टु प्रशिक्षक हुन्। उनले विश्व तेक्वान्दोले गत जुलाई १५ देखि २१ तारिखसम्म सञ्चालन गरेको ‘अनलाइन लेभल टु कोचेज कोर्स’ उतीर्ण गरेका थिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कुशल प्रशिक्षकको छवि बनाएका विकेश अन्तर्राष्ट्रिय निर्णायक पनि हुन्। उनले गत जुलाई ७ देखि १० तारिखसम्म थाइल्यान्डको बैंककमा भएको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार कोर्स उतीर्ण गरेका थिए। विकेशले पछिल्लो समय अल्टिमेट तेक्वान्दो डोजाङ र डाफोडिल स्कुलमा प्रशिक्षण गराउँदै आएका छन्।

छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपपछि नेपाली टोली चाइनिज ताइपेई जानेछ। अक्टोबर २४ देखि २७ सम्म हुने ‘ताइपेई सिटी कप तेक्वान्दो च्याम्पियनसिप’मा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। यस प्रतियोगितामा कासाद च्याम्पियनसिपमा सहभागी ९ खेलाडीसँगै देवराज कामछाले पनि प्रतिस्पर्धा गर्ने छन् भने भीमलाल विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन्। प्रशिक्षकमा विकेश बिडारी नै रहने छन्।

नेपाली टोलीको प्रशिक्षकमा विकेश बिडारी छन्। विकेश विश्व तेक्वान्दोको लेभल टु प्रशिक्षक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.