प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख जम्मा

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड बढी रकम जम्मा भएको छ। कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यो रकम असोज ३० गतेसम्मको हो । 

कोषमा विभिन्न संघसंस्था,राजनीतिक दलहरूले पनि रकम दाखिला गरेका छन्। नेकपा एमालेले ५० लाख, नेपाली कांग्रेसले ५० लाख र नेकपा माओवादी केन्द्रका सांसदहरूले १० दिनको तलब जम्मा गरेका छन्। 

यसैगरी कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।  बैंक तथा वित्तीय संस्थाहरूले पनि कोषमा रकम जम्मा गरेका छन्। सिटीजन बैंक,राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक,प्रभु बैंक,एभरेष्ट बैंकलगायतले कोषमा चेकमार्फत रकम प्रदान गरेका छन्। 

छवटा खातामार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गर्न सकिनेछ। 

null

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने जानकारी गराएका छन्। अहिले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरू अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ पुनःनिर्माण अगाडि बढाइने बताएका छन्। 

null

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.