संविधान संशोधनको विषयमा छलफल चलिरहेको छ : कानुनमन्त्री चौरसिया

संविधान संशोधनको विषयमा छलफल चलिरहेको छ : कानुनमन्त्री चौरसिया

वीरगन्ज : कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सत्तारुढ दलहरूबीच छलफल चलिरहेको बताएका छन्। वीरगन्जमा बिहीबार पर्सामा आयोजित कार्यक्रममा कानुनमन्त्री चौरसियाले कांग्रेस–एमालेबीच संविधान संशोधन लगायतका ७ बुँदे सहमति भएरै अहिलेको सत्ता समीकरण बनेको बताएका हुन्।

बाहिर प्रचारमा आएको जस्तो संविधान संशोधनको मुद्दाबाट सत्तारूढ दलहरू पछाडि नहटेको उनले प्रष्ट पारे । उनले भने,‘कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने विषयमा सत्तामा रहेका दलहरुबीच अहिले आन्तरिक छलफल चलिरहेको छ। सत्तारुढ दलहरू बीचको छलफलपछि सत्ताबाहिर रहेका अन्य दलहरूसँग छलफल र संवाद हुन्छ।’

संविधान संशोधन हतारमा गर्ने विषय नभएको भन्दै सत्तामा रहेका र सत्ता बाहिरका सबै दलहरुबीच साझा सहमति गरेरमात्रै संविधान संशोधन गरिने उनले बताए। 

वर्तमान सरकारमा प्रमुख दुई घटक कांग्रेस र एमालेबीच कुनै मनमुटाव नभएको उनले बताए। उनले भने,‘यो सरकार दुई ठूला पार्टीको सहकार्यमा बनेको छ। त्यसका कारण यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ। त्योभन्दा पहिले अहिलेको सत्ता समीकरणमा कुनै फेरबदल हुँदैन।’

संविधान संशोधन, सुशासन, अर्थतन्त्रलाई पुन: चलायमान बनाउने लगायतका एजेन्डामा अहिलेको सत्ता समीकरण बनेको भन्दै मन्त्री चौरसियाले भने,‘यी सब काम पूरा भएपछि मात्रै अर्को समीकरण बन्छ। त्योभन्दा पहिले कुनै फेरबदल हुँदैन। ढुक्क भए हुन्छ।’

वर्तमान सरकारको तीन महिनाको कार्यकाल सफल रहेको भन्दै उनले जनताका असन्तुष्टिहरू विस्तारै सरकारले सम्बोधन गर्दै अगाडि बढिरहेको दाबी पनि गरे। विगत डेढ दशकदेखि अड्किएको टीआरसी विधेयक आफू कानुनमन्त्री भएपछि सबै दलको सहमतिमा संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुनु कानुन मन्त्रालयको सबै भन्दा ठूलो उपलब्धि रहेको जिकिर उनले गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.