बार अध्यक्ष  घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकियो

बार अध्यक्ष  घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकियो

काठमाडौं :  नेपाल बार एसोसिएनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण  घिमिरेविरुद्ध अदालत अवहेलना मुद्दाको सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासमा अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा सुनुवाइ सकिएको सर्वोच्च प्रशासनले जनाएको छ।

न्याय परिषदले गरेका निर्णयहरूका विषयलाई लिएर सर्वोच्च अदालत प्रशासनले बारका अध्यक्ष घिमिरेविरुद्ध अदालत अवहेलनाको मुद्दा दायर गरेको थियो।

न्यायपरिषदको असोज ११ गतेको बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले 'लेनदेन'का आधारमा न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति  दिएका थिए।

उक्त अधिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सर्वोच्चमा प्रतिवेदन पेश गरेका थिए। सोही प्रतिवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ भएको हो।

बार अध्यक्ष  घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठका विषयमा कुरा उठाउँदा आफूमाथि अवहेलनामा मुद्दा दायर भएको बताएका थिए। उनले न्यायपालिकामा हुने विकृति, विसंगति, भ्रष्टाचार र अनियमिताका विरुद्धमा बोल्दा आफूविरुद्ध अवहेलनाको मुद्दा लाग्छ भने त्यसलाई सजिलै 'फेस' गर्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.