बालुवाटार

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता जारी

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता जारी
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। 

प्रधानमन्त्री बालुवाटारमा शीर्ष नेताबीच अहिले समसामयिक राजनीति र विपद्‍पछिको पुनर्निर्माणको विषयमा केन्द्रित रहेर भेटवार्ता जारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।  

सचिवालयका अनुसार बैठकमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ। गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो। 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित भएर कानुन संशोधन भएको एक महिना कटिसक्दा पनि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु भएको छैन। दुवै आयोग २०७९ असारदेखि पदाधिकारीविहीन रहेका छन्।

null

बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडालसमेत सहभागी छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.