रोशी खोलाले क्षति पुर्‍याएका संरचनाको काम फाष्ट ट्र्याकमा गछौं : मन्त्री यादव

रोशी खोलाले क्षति पुर्‍याएका संरचनाको काम फाष्ट ट्र्याकमा गछौं : मन्त्री यादव

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशी खोलालगायतको बाढीले पनौती, बनेपा र धुलिखेल नगरपालिकामा क्षति गरेका खानेपानी मन्त्रालयअन्तर्गत विभागका सबै संरचनाको काम फाष्ट ट्र्याकबाट गरिने बताएका छन्।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण काभ्रेको बनेपाको शसी पानी क्षेत्रको मुहान, धुलिखेलको राणेखेला मुहान र पनौती नगरपालिका अन्तर्गत वडा २ र १२ मा रहेका खानेपानीका मुहानलगायतका विभिन्न संरचनामा भएको क्षतिको जानकारी लिन आज स्थलगतरूपमा त्यहाँ पुगेका मन्त्री यादवले सो कुरा बताएका हुन्। 

'पनौतीमा खानेपानी मन्त्रालयअन्तर्गत विभागका संरचनामा पनि बाढीले ठूलो क्षति गरेको छ। मन्त्रालय मातहतका संरचनाको काम हामी तुरुन्तै सुचारु गछौं। अन्य विषयतगका कामहरू आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउँछौं,' उनले भने। 

मन्त्री यादवले पनौतीका जनप्रतिनिधि, स्थानीयबासी मन्त्रालय, विभागलगायतको सहयोगमा पनौतीलगायतका क्षेत्रमा अस्थायी रूपमा अहिले पानी आइरहेको भए पनि त्यो अस्थायीरूपमा आइरहेका तथा फेरि वर्षा हुँदा बाढीले बगाउने भएकाले त्यसको स्थायी तथा दीर्घकालीन रूपमा समस्या समाधानका लागि योजना तयार गर्ने बताए।

null

'मन्त्रालय, विभाग, खानेपानी संस्थान सहितको हाम्रो टिम बसेर सल्लाह गरी बाढी पहिरोले गरेको क्षतिको स्टिमेट बनाएर तीन दिनभित्र सूचना प्रकाशित गरी काम सुचारु गराउने छौं। स्थायी तथा दीर्घकालीनरूपमा समस्या समाधानतिर लाग्नेछौं,' उनले भने। 

बाढीका कारण नेपाल खानेपानी संस्थान अन्तर्गत पर्ने पनौतीमा रहेको मिनिरलवाटर उत्पादन पलान्टमा पनि ठूलो क्षति भएकाले सबै संरचनाहरूको काम तुरुन्तै बिस्तार गरी बाढीले क्षति गरेका संरचनाको काम फाष्ट ट्र्याकमा गर्ने मन्त्री यादवको भनाइ छ। 

सोही क्रममा मन्त्री यादवले एकीकृत खानेपानी आयोजना खानेपानी मन्त्रालयअन्तर्गत नपर्ने तथा सहरी विकास मन्त्रालय अन्तर्गत पर्ने भएकाले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपका विषयमा आफू सहरी विकास मन्त्रीसँग छलफल गर्ने बताए। 

'पाइप नै क्षतबिक्षत छ। म प्राविधिक त होइन तर मन्त्री भएका नाताले त्यो हेर्नु मेरो जिम्मेवारी पनि हो। ११ किलोमिटर बगेको पाइपको छानबिन समिति बनाउन म सहरी विकास मन्त्रीलाई आग्रह गर्दछु,' उनले भने। 

मन्त्री यादवलाई पनौतीका नागरिकले बाढीले क्षतबिक्षत बनाएको खानेपानी व्यवस्थापनसँगै मुहान क्षेत्रमा पनि ठूलो क्षति भएकाले मुहान नजिक रहेका बस्तीहरू स्थान्तरणका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए।

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.