मधेस साक्षर नहुनु विचित्रको कुरो भयो : पूर्व मन्त्री पोखरेल

मधेस साक्षर नहुनु विचित्रको कुरो भयो :  पूर्व मन्त्री पोखरेल

महोत्तरी : माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले मधेस प्रदेश साक्षर हुन नसक्नु विचित्रको कुरा रहेको टिप्पणी गरेका छन्। 

महोत्तरीको बर्दिबास नगरपालिका-१४ स्थित कामेश्वरनाथ महादेव मन्दिरमा स्थानीयसँग कुरा गर्दै उनले त्यस्तो बताएका हुन्। पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलले भने, ‘मधेसले पहिला विश्वभरि ज्ञान पठाउँथ्यो। तर, मधेसका सबै जिल्ला आजसम्म साक्षर छैन। यो विचित्रको कुरो हो। ’ मधेसलाई साक्षर बनाउन मुख्यमन्त्री सतिश कुमार सिंहलाई काम अगाडि बढाउन आग्रह गरेको उनले बताए।

नेपालको समग्र साक्षरता दर ७६ प्रतिशत रहेकामा मधेस प्रदेशको सबैभन्दा कम ६३ प्रतिशतमात्रै छ। किसानहरूका लागि डिजिटल लिटरेसी अति आवश्यक भइसकेको नेता पोखरेलको भनाइ छ। ‘मास्टर र विद्यार्थीका लागि मात्र होइन्। अब डिजिटल लिटरेसी किसानका लागि आवश्यक भयो,' उनले भने। किसानलाई प्राविधिक ढंगबाट साक्षर बनाउनुपर्ने उनको भनाइ छ। 

विकासको मुद्दा माओवादी पार्टीको साझा मुद्दा रहेकाले यसअघिका सरकारले गरेका कामलाई जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि अपनत्व लिएर काम गर्नुपर्ने उनले जोड दिए। उनले मधेसको जनजीवन बचाउन चुरेको संरक्षण अति जरुरी रहेको नेता पोखरेलले बताए। उनले भने, ‘आउने दिनमा पानीको ठूलो संकट आउनेवाला छ। यसका लागि चुरे संरक्षण गर्न जरुरी छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.