पुबुदु दासानायके नेपाली टोलीको मेन्टरमा नियुक्त
काठमाडौं : नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सामाजिक सञ्जालमार्फत दासानायके नेपाली टोलीको मेन्टरमा नियुक्त भएको जानकारी दिएको छ।
उनले अमेरिकामा हुने आइसीसी लिग २ को खेलहरूमा मेन्टरको भूमिका निर्वाह गर्ने क्यानले जनाएको छ। नेपालले कात्तिक ११ गतेदेखि अमेरिका र स्कटल्यान्डविरुद्ध लिग २ का खेलहरू खेल्दैछन्। त्यसअघि नेपालले अमेरिकाविरुद्ध भोलिदेखि टी-२० शृखंला खेल्दैछ।