भारतले पाकिस्तानलाई हरायो, यस्तो देखियो उद्घाटन खेल
काठमाडौं : भारतले पाकिस्तानले ५-२ गोलले पराजित गरेको छ। साफ महिला च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले हराएको हो।
भारतले खेलको पाँचौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै टोलीले १-१ गोल थपेका थिए। भोलि नेपाल र भुटानविरुद्ध खेल हुनेछ।