झापामा फलामको गेटले थिचेर बालकको मृत्यु
झापा : झापाको अर्जुनधारामा फलामे गेटले थिचेर बालकको मृत्यु भएको छ।
गएराति ८ बजे अर्जुनधारा नगरपालिका– ६ निवासी सवनम मस्कराका छोरा २ वर्षीय शिवम् मस्कराको फलामको गेटले थिचेर मृत्यु भएको हो ।
आमा श्रेया अग्रवालसँग सोही ठाउँमा रहेको मामाघमा आएका थिए। फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर बालकलाई थिचेको प्रहरीले जनाएको छ।
घाइते बालकको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज बिहान ६:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।