काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बोलाएको संसद्का प्रतिपक्षी दलहरूको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दलको बैठक जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
समसामयिक राजनीतिक घटनाक्रम,मंसिरमा हुने उपनिर्वाचन, सरकारका कामकारवाहीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा रास्वपा,राप्रपा,एकीकृत समाजवादी,जसपालगायत दलहरूका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा सत्ता रुढदल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन्।