प्रमुख प्रतिपक्षी दलले जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने

प्रमुख प्रतिपक्षी दलले जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं : प्रमुख प्रतिपक्षी दलको बैठक सकिएको छ। शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा दलहरूको बैठक बसेको थियो। बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए।

'मुलत: बाढी पहिरोलगायत प्रकृतिजन्य विपद्को स्थिति थियो। यसको पूर्वतयारीदेखि खोज, उद्दार, उपचार र पुनरस्थापनाको बारेमा सरकारले जुन जिम्मेवारीका साथ काम गर्नुपर्थ्यो। त्यो नगरेको  हामीले महशुस गरिरहेका छौं। बैठकमा यसबारे पनि छलफल भयो। सरकार उदासिन छ। जनताप्रति जवाफदेहीता छैन। सरकारका प्राथमिकता जनताका जनसरोकारका विषयहरूलाई सम्बोधन गर्ने र समाधान गर्नेतिर केन्द्रित नभएर सरकारले पार्टीगत स्वार्थलाई प्राथमिकतामा राखेको ठहर गर्दै समीक्षा भएको छ, 'उनले भने,' यो सबै परिस्थितिलाई ध्यान दिएर तत्काल प्रतिपक्ष दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने समझदारी भएको छ।'

सरकार प्रमुख प्रतिपक्ष दलहरूले जनसरोकारका विषयमा उठाइएका आवाजहरूप्रति गम्भीर नभएको उनको भनाइ छ। उनले जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आह्वान गर्नुपर्ने परिस्थिति आउनसक्छ भन्नेबारे पनि बैठकमा छलफल भएको बताए।

समसामयिक राजनीतिक घटनाक्रम, मंसिरमा हुने उपनिर्वाचन,सरकारका कामकारवाहीलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलको  बैठक बोलाएका थिए।

बैठकमा रास्वपा,राप्रपा,एकीकृत समाजवादी,जसपालगायत दलहरूका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा सत्ता रुढदल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.