शक्तिको दूरुपयोग गरी लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्छौं : विराजभक्त श्रेष्ठ

शक्तिको दूरुपयोग गरी लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्छौं : विराजभक्त श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा) का नेता विराजभक्त श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई राज्यको दुरूपयोग गरी पक्राउ गर्न खोजे प्रतिवाद गर्ने बताएका छन्। शुक्रबार नयाँ बानेश्वरमा बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले सभापति लामिछानेलाई शक्तिको दुरुपयोग गरी पक्राउ गरे आफूहरू त्यसको प्रतिवादमा उत्रिने बताएका हुन्।

सहकारी प्रकरणमा सघाउन सभापति लामिछाने आफै तयार रहेको उनको भनाइ छ। 

दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि लामिछाने पक्राउ पर्नसक्ने बताएका थिए। प्रचण्डले  लामिछाने पक्राउ पर्न सक्नेबारे आफूले सूचना पाएको बैठकलाई जानकारी गराएका थिए।

यसअघि बिहीबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लामिछाने पक्राउ पर्नसक्ने संकेत गरेका थिए। सहकारी विशेष छानबिन समितिले सहकारीको रकम अपचलन गरेको ठहर गर्दै लामिछानेलाई कारवाही गर्न सिफारिस गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.