सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख जम्मा गर्यो
काठमाडौं : सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत महिना बाढी पहिरो प्रभावितहरूका लागि बैंकले उक्त सहयोग गरेको हो ।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको उद्धार र पुनस्र्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ ।
बाढी प्रभावितहरूका लागि उक्त कोषमा रकम जम्मा हुने क्रम जारी छ। विभिन्न संघसस्था,राजनीतिक दल तथा व्यक्तिगत रुपमा प्रभावितहरूका लागि रकम उपलब्ध भइरहेको छ।