नेपाली सेनाको हेलिकोप्टर मुम्बईको आकाशमा परीक्षण उडान


काठमाडौं : नेपाली सेनाले भारतमा मर्मत गराएको रसियन MI17 हेलिकोप्टर नेपाल ल्याउने तयारी थालेको छ। नेपाली सेना र भारतीय रक्षा मन्त्रालयअन्तर्गतको एमडीएल कम्पनीबीच MI17 हेलिकोप्टर मर्मत गर्नेबारे गत वर्षको अगस्टमा सम्झौता भएको थियो। 

नेपाली सेना र एमडीएल कम्पनीबीच जी टु जी कार्यक्रमअन्तर्गत हेलिकोप्टर मर्मतबारे सम्झौता भएको थियो। नेपाली सेनाका पाइलट र प्राविधिकहरू अघिल्लो महिना अगस्ट १ मा मुम्बई पुगेर निर्माण सम्पन्न भएको MI17 हेलिकोप्टरको परीक्षण उडान गरेका थिए। मुम्बईस्थित जुहू हेलिपोर्टमा सेनाको हेलिकोप्टर मर्मत भएको थियो। श्रीलंकाले समेत उसका झण्डै १७ वटा रसियन MI17 हेलिकोप्टहरू मर्मतका लागि भारत पठाउने तयारी गरिरहेको छ।

मुम्बईको आकाशमा नेपाली सेनाका पाइलटले MI17 हेलिकोप्टरको परीक्षण उडान गरेको थियो। नेपाली सेनाका पाइलट र प्राविधिक पक्षले प्रमाणीकरण गरेपछि जंगी अड्डाले उक्त हेलिकोप्टर ल्याउने तयारी गरेको हो। परीक्षण उडान गर्दा नेपाली सेनाका पाइलटहरू सन्तुष्ट भएका थिए। उनीहरूले सोहीबमोजिमको रिपोर्ट दिएपछि जंगी अड्डाले हेलिकोप्टर ल्याउने प्रक्रिया सुरु गरेको सैनिक स्रोतले बताएको छ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले मर्मत सकिएको हेलिकोप्टर ल्याउने तयारी भइरहेको बताए। प्रवक्ता केसीले अन्नपूर्णसँग भने, ‘हेलिकोप्टर ल्याउन आवश्यक कागजात बनाउने काम भइरहेको छ। हेलिकोप्टर छिट्टै ल्याउँछौं।’

रसिया र युक्रेनको द्वन्द्वका कारण हेलिकोप्टर मर्मत गर्न रसिया पठाउन असम्भव भएपछि नेपाली सेनाले भारतको सरकारी कम्पनीसँग जी टु जी सम्झौता गरेको थियो। युद्धका कारण पश्चिमा मुलुकहरूले रसियालाई कालो सूचीमा राखेकाले त्यहाँ लगेर हेलिकोप्टर मर्मत गर्न नेपाली सेनालाई कठिन भएको थियो। विपद् व्यवस्थापनमा अत्यावश्यक भएकाले र तत्काल चाहिने भएपछि नेपाली सेनाले हेलिकोप्टर मर्मत भारतमा गराउने निर्णय गरेको हो।

null

विगतमा MI17 हेलिकोप्टरको दुई वटा मुख्य रोटर ब्लेड खरिद प्रक्रियामा सेनाका सम्भार विभागका केही अधिकृत र ठेकेदार मिलेर आर्थिक अनियमितता गरेको खुलासा भएपछि जंगी अड्डाले हेलिकोप्टर मर्मतका लागि भारतीय कम्पनीसँग जी टु जी कार्यक्रमअन्तर्गत सम्झौता गरेको हो। रोटर ब्लेड खरिद गर्दा जंगी अड्डा र राष्ट्र बैंकलाई झुक्याएर  केही सैनिक अधिकारी र ठेकेदारले  सम्झौता विपरीत बैंकका बैंकमा पैसा पठाएका थिए।
 
नेपाली सेनाले MI17 कै अर्को हेलिकोप्टर समेत मर्मतका लागि भारत पठाइसकेको छ। दोस्रो हेलिकोप्टरको समेत मर्मत कार्य द्रूत गतिमा भइरहेको छ। पाँच महिनाभित्रमा दोस्रो हेलिकोप्टरको पनि मर्मत गरिसक्ने सैनिक स्रोतले जनाएको छ।   नेपाली सेनासँग ४ वटा रसियन MI17 हेलिकोप्टर रहेको छ भने भारतसँग झण्डै ३ सय ५० वटा यस्ता हेलिकोप्टरहरू छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.