जब प्रचण्डको मोबाइलबाट गंगाले महन्थ ठाकुरलाई फोन गरिन्...

जब प्रचण्डको मोबाइलबाट गंगाले महन्थ ठाकुरलाई फोन गरिन्...

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' निवासमा शुक्रबार बसेको बैठकले राजनीतिमा तरंग ल्याएको छ। सरकारमा सहभागी रहेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उक्त बैठकमा सहभागी भएपछि बालुवाटार र बुढानिलकण्ठमा तरंग पैदा गरेको हो। प्रचण्डले बोलाएको विपक्षीहरूको बैठकमा लोसपा अध्यक्ष ठाकुर सहभागी तस्बिर सार्वजनिक भएपछि बालुवाटार र बुढानिलकण्ठ एकाएक तरंगित भयो।

सरकारमा सहभागी रहेका अध्यक्ष ठाकुर प्रचण्डले डाकेको बैठकमा किन र कसरी सहभागी भए भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकटवर्तीमार्फत चासो देखाएको स्रोतको दाबी छ। ओली र देउवाले नै यस विषयलाई गम्भीरताका साथ लिएपछि राजनीतिमा तरंग पैदा भएको हो। तर, वास्तविकता भने फरक पाइएको छ।

लोसपा स्रोतका अनुसार अध्यक्ष ठाकुरलाई 'झुक्याएर' प्रचण्ड निवास खुमलटार पुर्‍याइएका थिए। राजनीतिक दलका नेताहरूको बैठक भनेर खुमलटारमा विपक्षी दलको बैठकमा अध्यक्ष ठाकुरलाई झुक्याएर सहभागी गराएको लोसपा स्रोतको आरोप छ। झुक्याउने अरु कोही नभएर प्रचण्डका स्वकीय सचिवसमेत रहेकी पुत्री गंगा रहेकी छन्।

'गंगाले प्रचण्डको मोबाइलबाट अध्यक्षज्युलाई फोन गर्नुभएको थियो। 'बाबाले राजनीतिक दलका नेताहरूसँग छलफल गर्न खोज्नुभएको छ, आइदिनपर्‍यो' भन्दै गंगाले फोन गरेपछि ठाकुरजी बैठकमा सहभागी हुनुभएको हो,' लोसपा स्रोतले अन्नपूर्णसँग भन्यो।

शुक्रबार विहान खुमलटार पुगेपछि अध्यक्ष ठाकुरले सबै विपक्षी दलका नेताहरू देखे। त्यो देखेर उनले असहज महसुस गरेका थिए। बैठकमा प्रचण्डले सरकारको आलोचनाबाट कुरा सुरू गरेका थिए। त्यसको जवाफमा अध्यक्ष ठाकुरले आफू सरकारमै रहेको र त्यस कुरालाई गम्भीरताका साथ हेरिरहेको बताएका थिए। 

'बैठकमा विपक्षी दलका नेताहरूमात्रै सहभागी भएको देखेपछि अध्यक्षज्युले असहज महसुस गर्नुभएको थियो। प्रचण्डले पनि बाढी पहिरोले ठूलो जनधनको क्षति गर्दासमेत सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचनाबाट कुरा सुरू गर्नुभएको थियो। अध्यज्युले आफू सत्तापक्षकै नेता भएको र त्यसमा आफू गम्भीर रहेको बताउनुभएको थियो,' ठाकुर निकट नेताले भने।

प्रचण्डले सरकारको चर्को आलोचना गर्दा अध्यक्ष ठाकुरले सरकारको बचाउ गरेका थिए। ठाकुरले सरकारको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने भन्दै प्रचण्डलाई आश्वास्त पार्न खोजेका थिए। 'सरकारका कमी कमजोरी पनि होलान्। तर, सकेसम्म सरकारले काम गरिरहेको छ। कमजोरीलाई त सच्याएर पनि अघि बढ्न सकिन्छ,' ठाकुरले प्रचण्डलाई आश्वस्त पार्दै भनेका थिए। 

लोसपाका महासचिव सुरेन्द्र झाले पनि अध्यक्ष ठाकुर विपक्षी दलको बैठकभन्दा पनि प्रचण्डले बोलाएको बैठकमा सहभागी भएको बताए। 'राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भन्दै गंगा दाहालले फोन गर्नुभएको रहेछ। पूर्व प्रधानमन्त्रीले बोलाएपछि नजाने कुरा पनि हुँदैन। त्यहाँ विपक्षी दलको बैठक बस्छ पनि भनिएको थिएन,' महासचिव झाले अन्नपू्र्णसँग भने। 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी भएको राजनीतिक वृत्तमा चर्चा छ। तर, अध्यक्ष रञ्जिता खुमलटार पुगे पनि बैठकमा सहभागी नभएको पार्टीका संरक्षक रेशम चौधरीले बताए। 'पूर्व प्रधानमन्त्रीले बोलाएपछि अध्यक्षज्यु बैठकमा जानुभएको हो। बोलाउने बेला विपक्षी दलको बैठक भनिएको थिएन। अध्यक्षज्यु खुमलटार पुगे पनि बैठकमा सहभागी हुनभएको थिएन,' संरक्षक चौधरीले अन्नपूर्णसँग भने।

उनले नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी रहेको र चार सिटले गठबन्धन भत्काउने तागत पनि नरहेकाले आफूहरूप्रति टीकाटीप्पणी गर्नु बेकार रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.