रास्वपा सभापति रवि स्वास्थ्य परीक्षणपछि पोखरा हिरासतमा

रास्वपा सभापति रवि स्वास्थ्य परीक्षणपछि पोखरा हिरासतमा
फाइल तस्बिर।

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार पोखरा ल्याइएको छ । पोखरा ल्याएलगतै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

स्वास्थ्य परीक्षणपछि लामिछानेलाई करिव पौने तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । सहकारी ठगी र संगठीत अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रवार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको थियो । 

लामिछानेलाई सडक मार्ग हुँदै पोखरा ल्याइएको हो । पोखरा ल्याउने क्रममा रास्वपाका कार्यकताले पृथ्वीराजमार्गको ठाउँ ठाउँमा भेलाभएर नराबाजी गरेका थिए । पोखरा ल्याएपछि पनि जिल्ला प्रहरी कार्यालय अघि रास्वपाका कार्यकताले नाराबाजी गरेका थिए । 

सभापति लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएपछि पार्टीका उच्च तहका नेता पनि पोखरा आएका छन् । पहिलो बरियताका उपाध्यक्ष स्वर्णिम वाग्ले अर्का उपाध्यग डिपी अर्याल लगायतका नेता शनिबार राति नै पोखरा आएका छन् । उपाध्यगा अर्याल र रविकी पत्नी निकिता पौडेल रविसँगै गाडीमा आएका थिए । 

पार्टी सभापति लामिछाने पक्राउको बिरोधमा ११ बजे रास्वपाले पोखराको मानवअधिकार चोकमा बिरोध सभा हुँदै छ । राजनीतिक प्रतिशोध गरेर पार्टी सभापतिलाई सहकारी र संगठीत अपराधमा पक्राउ गरिएकोले जनतालाई यसबारे सचेत गराउन सभा गरिएको रास्वपा गण्डकीका संगठन विभागका सचिव एकराज न्यौपानेले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.