विद्वान् र जीवन
भूपेन्द्रराज तिम्सिना
आउँछ नि सबैको पक्कै पालो आउँछ
नत्र कहाँबाट किन भुइँचालो आउँछ ?
गणितको सूत्र जस्तो हुँदो रहेनछ जीवन
उकालो सकिएर त्यहीँ ओरालो आउँछ ।
माकुराले पुल्ठो सल्काइरहनु पर्छ कुनामा
नत्र आफैंलाई फसाउने जालो आउँछ ।
कोरोनाले गतिलो पाठ सिकायो हामीलाई
मान्छे बचाउन अब कुटो–कोदालो आउँछ ।
विद्वान््हरूले कृषिको सिद्धान्त मात्रै पढाए
अब गाउँको विकासमा गोठालो आउँछ ।