अविराम सर्जक, अभिराम सिर्जना
मान्छेका जीवन, सिद्धान्त, मनोरञ्जन, विचार सबै किताब। किताब नै मान्छेका साधन। किताब नै साध्य। यस्तो जमानाबाट आज २१औं शताब्दीमा आइपुग्दा पनि एउटा सम्भ्रान्त परिवारको घरमा मदिरालय हुन सक्छ तर पुस्तकालय नहुन सक्छ। पुस्तक किनेर घण्टौं धैर्य भएर अध्ययन गर्नेको संख्या पनि घट्दो छ। यसमा पनि अझै नयाँ पुस्ता एकै ठाउँ बसेर ४/५ घण्टा टिकटक, रिल वा सामाजिक सञ्जालमा घोत्लिन सक्छ मान्छे। तर एक घण्टा किताबमा ध्यान मग्न हुन सकस मान्छ।
पठन संस्कृति र पुस्तक संस्कार बाँकी रहेको छिट्फुट समाज वा घरमा पनि पछिल्लो समय समसामयिक परिघटना, विचार, सिद्धान्तमा आधारित भएर लेखिएका किताबहरू पढ्ने र वस्तुगत विश्लेषणमा उत्रने गरेको पाइन्छ। २० वर्षअघि जन्मेको पुस्ता जो आज आमाबुबाले दुःखजिलो गरेर सहरमा शिक्षादीक्षा दिँदै आइरहेका छन् वा कति चिलगाडी तिनलाई सोध्दा दूध ट्यांकरले दिन्छ अनि चामल सुपर मार्केटले भन्ने स्थिति छ। यसबीच झन्डै सय वर्षको नेपाली समाजको यथार्थ चित्रण गर्ने सत्य घटनामा आधारित साहित्यिक उपन्यास बोरा कृति प्रकाशन गरेर नेपाली साहित्य जगत्मा ठूलो गुन लगाएका छन्, लेखक अखण्ड भण्डारीले।
बोरा उपन्यास नेपाली साहित्यमा एउटा महत्त्वपूर्ण कृति हो। भण्डारीले नेपाली समाजको विभिन्न परिवेशलाई बुझाउँदै मानिसभित्रका मानवीयता, प्रेम र व्यक्तिगत संघर्षका मोडहरूलाई तरंगित रूपले प्रस्तुत गरेका छन्। बोरा उपन्यासले पाठकहरूमा एउटा गहिरो सोचको यात्रा पेस गर्दछ। लेखकले उपन्यासको मेलो लिने क्रममै मनु स्मृतिका ३-५६ (यत्र नार्यस्तु...) र ३-५७ (शोचन्ति जमायो यत्र...) श्लोकहरू उद्धृत गरेका छन्। यसले लेखक जहिले पनि समाजमा नारीको सम्मानित स्थान र समानताका लागि सचेत छन् भन्ने बुझाउँछ। यसले पाठकलाई उपन्यासभरि बितेको एक शताब्दीमा महिलाले कुन संघर्ष भोग्नु प¥यो ? हालसम्म त्यसका अवशेषहरू कति बाँकी होलान् ? भन्ने सोच्न बाध्य पारेको पाइन्छ। यी श्लोक यस कृतिमा १९२०–३० को दशकको पण्डितहरूको मुखबाट वाचन भएको देखाइनुले पनि पाठकलाई जतिबेला देशमा संविधान थिएन, त्यतिबेलाको कानुन भनेकै हाम्रा धर्मग्रन्थ, श्रुति तथा स्मृति ग्रन्थहरू हुन् भन्ने बुझाउन खोजिएको छ।
राणाकालमा गाउँमा मुखिया र डिट्ठाहरूको बोलवाला चल्थ्यो। निर्धोले उनीहरूकै सेवामा जीवन सक्नुपथ्र्यो भन्ने नेपाली समाजको यथार्थ चरित्र कृतिमा दर्शाइएको छ। लेखकले निराशाका बाढीभित्र पनि ठाउँठाउँमा भरोसाका भुल्काहरू निकालेर उपन्यासलाई रोचक बनाएका छन्। उपन्यासका मुरलीधर पण्डित पात्रले छोरा–छोरी बराबरी हो भनेर छोरीलाई समेत अंश दिएको कुराले परिवेश बदलिन समय होइन, व्यक्ति प्रगतिशील हुन जरुरी हुन्छ भन्ने देखाउँछ। अरूलाई ठग्ने, किशोरी जिस्क्याउने (अहिलेको कानुनले यस्तो कामलाई लैंगिक हिंसाको अपराध भनेको छ) अन्याय अत्याचार गर्ने, अरूलाई सताउनेजस्ता क्रिया उहिलेदेखि हुँदै आएको तर यसको उपचार भने न्यायिक मन भएका गाउँकै भद्रले गर्ने गरेको प्रथा नयाँ पुस्ताको पाठकलाई बदलावको भाव प्रवाह गराउँदै उपन्यासले बताउन खोजेको छ।
एउटा शिक्षित (समाज र न्याय अन्याय बुझेका) परिवारमा जन्मेर हुर्केकी बोरा उपन्यासकी पात्र जमुनाले बिहेपछि सम्भ्रान्त डिट्ठा तर व्यभिचारीले न्यूनतम मानवीयता समेत गुमाएर गरेको अत्याचारका पानाहरूले पाठकको मनलाई खण्डहर बनाएको छ। कथाको अधिकांश भाग पूर्वी नेपालको धरान, इटहरी, झापा, दमकको आसपासमा घुमेको छ। कथाका पात्रहरू घर, माइत, स्कुल, आफन्तको घर, आ श्रम, शरण आदिका लागि हिँडेका बाटा, तरेका खोलाहरूमा पाठक आफैं त्यतै एक जुग घुमेको महसुस गर्नेगरी लेखकले भौगोलिक चित्रण गरेका छन्। उपन्यासका पात्रहरूले देखेका भोगेका र अनुभूत गरेका नेपाली समाजको उत्तरार्धमा महिलाले भोगेका पीडा र संघर्षका कुराहरू कलात्मकताका साथ यति मार्मिक प्रस्तुत भएको छ कि पढ्दै गर्दा पाठकलाई पितृसत्तात्मक समाजले गरेको अन्यायले आफंैलाई पोलेको अनुभूति हुन्छ।
कृतिमा प्रस्तुत पात्रहरूको आनीबानी, संस्कार, सेवा, सहयोग, सत्कारले पाठकले पूर्वी नेपालको संस्कृतिलाई नजिकबाट छाम्न पाउँछन्। लेखकले पाठकलाई कहिले पुराना शैलीका घरहरूमा पु¥याउँछन् त कहिले खेतका आलीहरूमा, कहिले खोला फाँटैफाँट हिँडाउँछन्। कहिले स्कुलको चौर, कहिले स्याउले छाप्रोभित्र त कहिले घनाजंगलको बाटो। यसले पनि पाठकलाई पाना पल्टाउँदै जाँदा अब अर्को पानामा कुन ठाउँ पु¥याउला भन्ने आतुरताले किताबको पाना छिटो छिटो सर्ने बनाएको छ। उपन्यासमा मूल पात्रको रूपमा यमुना आमा छन् भने जमुना र असलले भोगेका जीवनलाई समेत धेरै भाग कथाले समेट्न खोजेको छ। मुख्य पात्र र सहायक पात्रको कथाले पाठकलाई अन्याय, व्यभिचारी र अमानवीयताले निम्ताएको अत्याचारविरुद्ध लड्ने साहस दिएको छ। मान्छेका देखेका जीवन र भोगेका जीवनमा धेरै नै अन्तर हुन सक्ने र भोगेका जीवन लेखियो भने अर्को मान्छेको जीवनको लागि आत्मबल, ऊर्जा र संघर्ष बन्न सक्ने कुराको सन्देश प्रवाह गरेको छ।
कथामा कमलीकान्तले जमुना र मुना शर्मालाई दिएको यातनाको शृंखलाले यमुनाको बाल मस्तिष्कमा पारेको छाप र आफंैले पनि कमलीकान्तको छेउमा पाएको त्राहिपूूर्ण निष्पट्टताले विस्तारै यमुनालाई दरिलो पारेको र साहस भरेको देखाइएको छ। गाउँका मुखिया डिट्ठा साबको घरबाट श्रीमान्को अत्याचार र अमानवीयताको क्रूर भाला सहन नसकेर सुत्केरी महिला पाँच दिनको बच्चा च्यापेर रगतको पाइला बनाउँदै माइती हिँड्दा बाटोमा भेटिएका राई दम्पतीले सुत्केरीको सेवालाई धर्म मान्दै जमुनाको स्याहार गरेको सन्दर्भले पाठकमा सम्पन्न र बुझक्कड परिवारमा घरेलु हिंसा झन् भयंकरसँग झांगिएको हुन्छ कि भन्ने भान पारेको छ। पढेजानेका गाउँका मुखिया मानिएका कमलीकान्तले घरमा काम गर्ने महिलालाई बलात्कार गर्छ। गर्भवती बनाएर उसैलाई भिœयाउन पाँच दिनको सुत्केरी श्रीमतीलाई चिना र लेखान्त भन्दै घरबाट लखेट्छ। घर नछोडे नवजात शिशु जिउँदै गाड्नेसम्मको कुचेष्टा राख्छ।
बोरामा रगतको नाताले जिम्मेवारीलाई पूूर्ण निर्वाह गरेको पाइएन। जुन भावनाको नाताहरू अमिट भएर आए। त्यसैले पनि यस कृतिले समाजलाई कोही मान्छे कसैको बा बन्नुभन्दा पहिले वा कसैको आमा बन्नुभन्दा पहिले वा छोरा बुहारी वा अन्य परिचय बन्नुभन्दा पहिले मान्छे बन्नुपर्छ भन्ने गतिलो पाठ सिकाएको छ। यमुना आमालाई बोराबाट निकाल्ने, केही समयमा अमेरिका उड्ने रश्मि पनि मान्छे बनिसकेकी रहिछन्।
जसकारण बलवान् ठिटाहरूले बाइक रोकेर रश्मिका कुरा सुनेर पनि ‘बेकार लफडामा परिन्छ जाउँ जाउँ’ भनेर हिँडे। तर रश्मिले साँझको समय, पुलमुनि एक्लै भए पनि बोराबाट आमालाई निकालेरै छाडिन्। यसमा पनि लेखकले ‘मानिसले सबैको ठेक्का एक्लै लिन सक्दैन तर मान्छे हुनका लागि जसले जति सक्छ, त्यति कर्म जीवनभर गर्नै पर्छ’ भन्ने सन्देश दिएका छन्। कृतिका अर्का पात्र मुना शर्मा परिबन्दमा परेर कथित ठूलाबडा दानवको अपराधको साखिली बन्न परेको छ। तर पनि अपराधको आदत परेको खराब मान्छेले कोही व्यक्ति विशेषलाई मात्र अन्याय गर्ने होइन, बाच्छो खाने बाघले पाडोलाई छोड्दैन भन्ने बुझ्छ। त्यसपछि गल्ती प्रायश्चित्त गर्छ। यसरी, सौतेनी छोरीको देखभाल गरेको सन्दर्भ उपन्यासमा अत्यन्तै कारुणिक छ।
वर्षौं कसैप्रति देखाउन नसकेको मुनाको प्रेम उनले यमुना आमालाई छोरीको रूपमा पाएपछि एकैचोटी खन्याएको देख्दा कृतिले पाठकलाई यो उपन्यास पढ्दा पढ्दै जीवनको महŒव कसैप्रतिको प्रेमले र जिम्मेवारीले मात्र बढाउँछ भन्ने पारेको छ। पढ्दापढ्दै यस्तो लाग्छ, यति हन्डर खाएर पनि दुःख अन्याय सहेर पनि जमुना यमुनाको प्रेमले बाँचिन्, यमुना आमामा असलको प्रेम र जिम्मेवारीले जीवनको महŒव बढायो। यो पुस्तक पढ्दै गर्दा यस्तो लाग्छ असललाई खराब पात्रको रूपमा कतै देखाइएको छैन, उनले पाएको संस्कार पनि ठूला धनाढ्य शिक्षित घर र साहसी आमाकै छ। आमालाई पनि असलको औधी प्रेम गरेको देखाइएको छ। तर पनि किन उनले आमालाई बोरामा हालेर फाले ? जब कि उनी आमालाई प्रेम गर्थे अनि श्रीमतीलाई अति प्रेम। प्रेमलाई अतिप्रेमले जित्यो कि ? यस्तै प्रश्नले पाठक किताबको अन्तिम अन्तिम पानातिर पुगिसकेको हुन्छ।
पाठकका किताबभरि तरंगित मनलाई सम्हाल्न लेखकले फेरि अन्तिममा सुखान्त संयोग जुराएका छन्। नातिको हजुरआमाप्रतिको अगाध स्नेह र यमुना आमाले उनैबाट पाएको प्रताडना भुलेर सन्तानप्रति खन्याएको करुणा सबैभन्दा शिखरमा पु¥याएका छन् लेखक भण्डारीले। आमा कतिसम्म महान् हुन्छिन् भन्ने कुरा यस कृतिले उल्लेख गरेको छ। बोरा उपन्यास एक गहिरो र समृद्ध कलाकृति हो, जसले पाठकलाई विचारशील बनाउँछ र उनीहरूलाई भावनात्मक एवं सामाजिक चुनौतीहरूसँग सामथ्र्यपूूर्ण ढंगले परिचित गराउँछ। पुस्तकले समाज, प्रेम, औपन्यासिक विचार र मानवताको विविधतामा एक नयाँ दृष्टिकोण प्रस्तुत गर्छ।
कृतिले पाठकलाई जीवनको विभिन्न पाश्र्वसँग परिचित गराउँछ। साहित्यिक रूपमा प्रेम, समाज र भावनाको विचारलाई अद्वितीय ढंगले प्रस्तुत गरेको छ। यसले समाजमा अझै पनि रिक्त रहेका सामाजिक समस्याहरूमाथि विचार पु¥याउन सहयोग गरेको छ। अन्त्यमा, कुनै पनि ‘वाद’ले प्रभावित नभई एउटा युगको अन्तरपक्षीय अन्तरिम कालखण्ड र परिवर्तन आत्मसाथ गर्न सक्ने÷नसक्ने मान्छेहरूका सोच र सोचसँग उत्पन्न गराइएका÷गरिएका क्रियामार्फत समाजको चित्रण गरेको ‘बोरा’ एक अभिराम पुस्तक भन्न सकिन्छ।